इजिप्टलाई पाखा लगाउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको पहिलो उपाधि
काठमाडौं । मोहम्मद सलाहको इजिप्टलाई पाखा लगाउँदै साडियो मानेको सेनेगलले अफ्रिका कप अफ नेसन्सको पहिलो उपाधि जितेको छ ।
क्यामरुनमा भएको प्रतियोगिताअन्तर्गत गएराति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा इजिप्टलाई स्तब्ध पार्दै सेनेगलले उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।
जसमा सेनेगलले ४ गोल गर्दा इजिप्टले २ गोल मात्र गर्न सक्यो ।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दै सेनेगललाई उपाधि दिलाएका हुन् ।
सलाहले भने पेनाल्टी हान्ने अवसर नै पाएनन् ।

देशलाई जिताउन लिभरपुलका दुई स्टारबीच टक्कर, पहिलो उपाधिको खोजीमा सेनेगल
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया