इजिप्टलाई पाखा लगाउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्सको पहिलो उपाधि

काठमाडौं । मोहम्मद सलाहको इजिप्टलाई पाखा लगाउँदै साडियो मानेको सेनेगलले अफ्रिका कप अफ नेसन्सको पहिलो उपाधि जितेको छ ।
क्यामरुनमा भएको प्रतियोगिताअन्तर्गत गएराति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा इजिप्टलाई स्तब्ध पार्दै सेनेगलले उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।
जसमा सेनेगलले ४ गोल गर्दा इजिप्टले २ गोल मात्र गर्न सक्यो ।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दै सेनेगललाई उपाधि दिलाएका हुन् ।
सलाहले भने पेनाल्टी हान्ने अवसर नै पाएनन् ।
देशलाई जिताउन लिभरपुलका दुई स्टारबीच टक्कर, पहिलो उपाधिको खोजीमा सेनेगल
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया