क्यासिनोलाई लाइसेन्स बाँडेकोप्रति अन्तर्राष्ट्रिय समितिको चासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोलाई लाइसेन्स वितरण गरेकोप्रति प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिले चासो देखाएको छ ।
समितिकी सभापति पवित्रा निरौलाले यसबारे समितिको ध्यानाकर्षण भएको र लाइसेन्स वितरण गर्ने मन्त्रीलगायत जिम्मेवार अधिकारीलाई बोलाएर छलफल गर्नेबारे सोच बनाएको जानकारी दिइन् ।
‘पर्यटनमन्त्रीज्यूले क्यासिनोको लाइसेन्स वितरण गरेको हामीले थाहा पाएका छौं,’ उनले भनिन्, ‘आज, भोलि नै यसबारे छलफल गर्ने एजेन्डा त छैन तर यसबारे छलफल गराउने सोच बनाएका छौं ।’
सोमबार र मंगालबार केही एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको र यो सकिएपछि सदस्य तथा सांसदहरूको सुझावका आधारमा पर्यटन मन्त्रीलगायत लाइसेन्स वितरणमा संलग्न जिम्मेवार व्यक्तिलाई बोलाएर सोधीखोजी गर्ने उनले जानकारी दिइन् ।
क्यासिनोको लाइसेन्स वितरणमा पूर्ववर्ती सरकारले अंकुश लगाए पनि आले पर्यटन मन्त्रालयको जिम्मेवारीमा आएपछि पाँच वटालाई इजजात पत्र वितरण गरिसकेका छन् । विगतमा देशभर १७ वटा क्यासिनो सञ्चालनमा रहेकोमा अहिले २२ पुगेको छ ।
कतिपय कामले चर्चामा आएका आलेले क्यासिनोलाई लाइसेन्स वितरण गरेपछि आलोचना चुलिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया