जनरल इन्स्योरेन्सको खुद नाफा ५६ प्रतिशतले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको बीमा कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७ करोड ४८ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ र७९ को दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२ दशमलव ९७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५६ प्रतिशतले बढी हो ।
त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११७ प्रतिशतले वृद्धि गरेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ । पिइ अनुपात ५९.१५ गुणा रहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया