बढ्यो सुनको मूल्य
काठमाडौं । आइतबार स्थिर सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँ बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार छापावाल सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार स्थिर चाँदी आज तोलामा ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भईरहेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया