लतालाई श्रद्धाञ्जलि : विवादमा शाहरुख
काठमाडौं । यतिबेला भारतको सामाजिक सञ्जाल बलिउड सुरपस्टार शाहरुख खानको विषयलाई लिएर विभाजित भएको छ ।
आइतबार निधन भएकी चर्चित गायिका लता मंगेशकरलाई अन्तिम श्रद्धाञ्जलि दिने क्रममा शाहरुखले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जाल विभाजित भएको हो ।
लतालाई श्रद्धाञ्जलि दिन मुम्बईको शिलाजीमा उपस्थित भएका शाहरुखले थुकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ज्यहाँ शाहरुखले मास्क खोलेर थुकेको देख्न सकिन्छ ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले शाहरुखले लताको लासमाथि थुकेको भन्दै आक्रोश व्यक्त गरिहेका छन् । यद्यपि, भिडियोमा शाहरुखले कहाँ थुके भन्ने चाहिँ प्रश्ट देखिएको छैन ।
यस्तै, कतिपयले भने शाहरुखले थुकेको नभएर फुकेको भन्दै उनको बचाउ गरिहेका छन् ।
शाहरुखको पक्ष–विपक्षमा भारतीय नेताहरूसमेत लागेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया