लतालाई श्रद्धाञ्जलि : विवादमा शाहरुख
काठमाडौं । यतिबेला भारतको सामाजिक सञ्जाल बलिउड सुरपस्टार शाहरुख खानको विषयलाई लिएर विभाजित भएको छ ।
आइतबार निधन भएकी चर्चित गायिका लता मंगेशकरलाई अन्तिम श्रद्धाञ्जलि दिने क्रममा शाहरुखले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जाल विभाजित भएको हो ।
लतालाई श्रद्धाञ्जलि दिन मुम्बईको शिलाजीमा उपस्थित भएका शाहरुखले थुकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ज्यहाँ शाहरुखले मास्क खोलेर थुकेको देख्न सकिन्छ ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले शाहरुखले लताको लासमाथि थुकेको भन्दै आक्रोश व्यक्त गरिहेका छन् । यद्यपि, भिडियोमा शाहरुखले कहाँ थुके भन्ने चाहिँ प्रश्ट देखिएको छैन ।
यस्तै, कतिपयले भने शाहरुखले थुकेको नभएर फुकेको भन्दै उनको बचाउ गरिहेका छन् ।
शाहरुखको पक्ष–विपक्षमा भारतीय नेताहरूसमेत लागेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया