बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, होला त स्थानीय चुनावको मिति घोषणा ?
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनसक्ने अनुमान गरिएको छ ।
सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि गत बिहीबार बकेको थिएन । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए ।
उक्त छलफलमा जेठ ४ गतेलाई स्थानीय निर्वाचन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री देउवा पनि उक्त मितिमा सहमत देखिएका छन् ।
सम्भवतः आजको बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुनेछ । बैठकमा स्थानीय तह निर्वाचनकै विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया