पाकिस्तानमा तीन हजार ३३८ कोरोना सङ्क्रमित थपिए
सिन्ह्वा । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ ।
पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको संख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या ८९ हजार १९२ मा झरेको थियो, जसमा एक हजार ६८४ गम्भीर अवस्थामा रहेका बताइएको छ ।
एनसिसीका अनुसार आइतबार भाइरससँग लड्दै ३८ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या २९ हजार ५१६ पुगेको हो । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त कोरोनाको अत्यन्त प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख २ हजार २६२ कोरोना सङ्क्रमित भएका छन् । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा ४ लाख ८९ हजार ६५५ जना सङ्क्रमति भएका छन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया