पाकिस्तानमा तीन हजार ३३८ कोरोना सङ्क्रमित थपिए
सिन्ह्वा । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ ।
पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको संख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या ८९ हजार १९२ मा झरेको थियो, जसमा एक हजार ६८४ गम्भीर अवस्थामा रहेका बताइएको छ ।
एनसिसीका अनुसार आइतबार भाइरससँग लड्दै ३८ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या २९ हजार ५१६ पुगेको हो । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त कोरोनाको अत्यन्त प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख २ हजार २६२ कोरोना सङ्क्रमित भएका छन् । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा ४ लाख ८९ हजार ६५५ जना सङ्क्रमति भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया