NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते
कोरोना अपडेट

११ हजार परीक्षणमा १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाठौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक हजार ५ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ (७,८७४ पिसिआर र ३,४९१ एन्टीजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा रहेका कोरोना संक्रमितमध्ये ६ हजार १ सय ४६ जना निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४० हजार १ सय ११ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ । यस्तै, यो अवधिमा १ लाख ७८ हजार ५ सय ७९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।