NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ब्यूटीपार्लरको पैसा नदिएपछि प्रेमीमाथि भयानक आक्रोश : उम्लिएको पानी शरीरमा खन्याएर चुरोटले गुप्तांग जलाइन्

काठमाडौं । हरेक दिन विश्वमा अचम्मित पार्ने घटनाहरू भइरहेका हुन्छन् । केही अपराधिक घटना नै यस्ता हुन्छन् कि सुन्दै आश्चर्यमा पार्ने ।

बेलायतमा एक यस्तै घटना सार्वजनिक भएको छ । वास्तवमा उहाँ एक तीन बच्चाकी आमाले आफ्नो प्रेमीलाई भयानक तरिकाले तनाव दिएकी छिन् ।

महिलाले आफ्ना प्रेमीको शरीरमा उम्लिएको पानी खन्याइन्, पछि चुरोटले शरीरका कैयौं ठाउँमा दागिन् । रिपोर्टअनुसार महिलाले ब्यूटीपार्लरमा बोटोक्स ट्रीटमेन्ट गराएकी थिइन् ।

प्रेमीसँग त्यसका लागि रकम माग गरिन् । प्रेमीले रकम दिन नमानेपछि उम्लिएको पानी शरीरमा खन्याउँदै शरीरभरी चुरोटले पोलेर तनाव दिएकी हुन् ।

डेलीमेलमा छापिएको एक रिपोर्टअनुसार प्रेमीले तनाव दिने महिलाको नाम सारा डेभिस बताएका छन् । उनको उमेर ३३ वर्ष रहेको छ । साराले आफ्ना प्रेमी मार्क क्यानडीलाई अपहर गरेर १२ घण्टासम्म नजरबन्दमा राखेकी थिइन् ।

अपहरण गरेपछि महिलाले मार्कको टाउकोबाट उम्लिएको पानी खन्याइन् । जसका कारण मार्कको शरीर पूरै जलेको छ । त्यसपछि महिलाले चुरोट सल्काइन् र प्रेमीको गुप्तांगमा बल्दो चुरोटले जलाइन् ।

पीडाका कारण आफू गुहारका लागि चिल्लाए पनि साराले आफूमाथि कुनै दया नदेखाएको मार्कको गुनासो छ । साराले प्रेमीमाथि ज्यादती गरिरहँदा एक अर्का व्यक्ति पनि साथमा भएको बताइएको छ ।

कुनै तरिकाले महिलाको चंगुलबाट बचेपछि पीडित मार्क प्रहरी चौकी पुगेका थिए । त्यहाँ उनले साराविरुद्ध उजुरी दर्ता गरे । त्यसपछि प्रहरीले सारालाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।

अदालतले मार्कमाथि ज्यादती गर्ने सारालाई ६ वर्ष चार महिना कैद सजाय सुनाएको छ । यता महिलाले भने मार्कमाथि आफ्नी २ वर्षीया छोरीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । तर, जाँचका क्रममा उक्त आरोप पनि गलत भएको पाइएको छ ।