सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने
काठमाडौं । नेपाल खेलकुद महासङ्घ (नेकोस)ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ मा नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले निर्णय गरेको संयोजक कृष्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार नेकोसले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने भएको छ । त्यसैगरी नेकोसले बैठकले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्योललाई छिटोभन्दा छिटो समाधान गर्न माग गरेको छ भने नवौँ राष्ट्रिय खेलकुदको मिति तोक्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया