सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने
काठमाडौं । नेपाल खेलकुद महासङ्घ (नेकोस)ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ मा नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले निर्णय गरेको संयोजक कृष्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार नेकोसले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने भएको छ । त्यसैगरी नेकोसले बैठकले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्योललाई छिटोभन्दा छिटो समाधान गर्न माग गरेको छ भने नवौँ राष्ट्रिय खेलकुदको मिति तोक्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया