प्राविधिक शिक्षालयमा भएको अनियमितता छानबिन गर्न समिति गठन

डोटी । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ ।
उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहनुभएको छ । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया