NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नीर्जीवनको पुसको व्यवसाय तीन अर्ब ६७ करोड, सबैभन्दा बढी बागमतीबाट

काठमाडौं । चालु आर्थिक वर्षको पुसमा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट तीन अर्ब ६७ करोड १२ लाख बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा नीर्जीवन बीमा कम्पनीहरूले सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ., कृषि तथा बाली, लघु र विविधबाट बीमा शुल्क संकलन गरेका हुन् ।

उक्त अवधिमा बीमा कम्पनीहरूले बागमती प्रदेशबाट सबैभन्दा बढी दुई अर्ब ४८ करोड २० लाख बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांकअनुसार ६७ प्रतिशत निर्जीवन बीमा व्यवसाय बागमती प्रदेशमै रहेको देखिएको छ । त्यस्तै दोस्रो धेरै व्यवसाय भने प्रदेश १ मा नीर्जीवन बीमा कम्पनीहरूले जम्मा ३२ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गरेको प्रदेश लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी प्रदेशमा नीर्जीवन बीमा कम्पनीहरूले ३१ करोड तीन लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मधेस प्रदेशबाट नीर्जीवन बीमा कम्पनीहरूले २२ करोड ५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २१ करोड १९ लाख, सुदूर पश्चिम प्रदेशबाट ९ करोड २० लाख बीमा शुल्क संकलन गरेका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा भने बीमा कम्पनीहरूले तीन करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

मोटर बीमाको हिस्सा बढी

बीमा समितिको प्रदेशअन्र्तगको तथ्यांकअनुसार सबैभन्दा बढी बीमा शुल्क मोटर बीमाबाट उठेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नीर्जीवन बीमा कम्पनीहरूले मोटर बीमाबाट एक अर्ब ४५ करोड १६ लाख बीमा शुल्क संकलन गरेका छन् । त्यसमा पनि सबैभन्दा बढी बागमती प्रदेशबाट ९३ करोड ६५ लाख बीमा शुल्क संकलन भएको छ ।

त्यस्तै, दोस्रो मोटर बीमाबाट धेरै शुल्क आर्जन गरेको प्रदेश लुम्बिनी प्रदेशबाट १३ करोड ५३ लाख बीमा शुल्क संकलन भएको छ । तेस्रो प्रदेश १ बाट १२ करोड १८ लाख बीमा शुल्क संकलन भएको छ ।

गण्डकी प्रदेशबाट १० करोड ४३ लाख, मधेस प्रदेशबाट नौ करोड १८ लाख, सुदूरपश्चिम प्रदेशबाट चार करोड ५७ लाख र सबैभन्दा कम कर्णाली प्रदेशबाट एक करोड ६० लाख बीमा शुल्क संकलन भएको छ ।