२२ अंकले घट्यो नेप्से, तीन अर्ब ४७ करोडको कारोबार
काठमाडौं । साताको चौथो दिन नेप्से २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४७ करोड ११ लाख नौ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूह रताम्मे भएका छन् । अर्थात, आज सबै उपसमूहको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी ट्रेडिङको सेयरमूल्य १.२२ प्रतिशतले घटेको छ ।
आज नीर्जीवन बीमाको १.५ प्रतिशत, वित्तको १.०२ प्रतिशत, जीवन बीमा उपसमूहको परिसूचक ०.९९ प्रतिशत, विकास बैंकको ०.९३ प्रतिशत, लघुवित्तको ०.९२ प्रतिशत, बैंकिङ्गको ०.६९ प्रतिशत र म्युचल फण्ड उपसमूहको परिसूचक ०.७४ प्रतिशत घटेको छ ।
उत्पादन तथा प्रशोधनको ०.२१ प्रतिशत, अन्यको ०.१६ प्रतिशत, होटल तथा व्यापार उपसमूहको ०.०९ र पर्यटनको ०.०८ प्रतिशत घटेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया