२२ अंकले घट्यो नेप्से, तीन अर्ब ४७ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन नेप्से २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४७ करोड ११ लाख नौ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूह रताम्मे भएका छन् । अर्थात, आज सबै उपसमूहको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी ट्रेडिङको सेयरमूल्य १.२२ प्रतिशतले घटेको छ ।
आज नीर्जीवन बीमाको १.५ प्रतिशत, वित्तको १.०२ प्रतिशत, जीवन बीमा उपसमूहको परिसूचक ०.९९ प्रतिशत, विकास बैंकको ०.९३ प्रतिशत, लघुवित्तको ०.९२ प्रतिशत, बैंकिङ्गको ०.६९ प्रतिशत र म्युचल फण्ड उपसमूहको परिसूचक ०.७४ प्रतिशत घटेको छ ।
उत्पादन तथा प्रशोधनको ०.२१ प्रतिशत, अन्यको ०.१६ प्रतिशत, होटल तथा व्यापार उपसमूहको ०.०९ र पर्यटनको ०.०८ प्रतिशत घटेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया