२४०१ कोरोना संक्रमित थपिए, ७७७७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ६०३ नमूना परीक्षण गरिएकामध्ये एक हजार ८५१ पिसिआर र ५५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप सात हजार ७७७ जना कोराेना संक्रमणमुक्त भएका छन् ।
आज संक्रमित हुनेभन्दा निको हुनेको पाँच हजार ३७६ बढी रहेको छ ।
प्रतिक्रिया