एसइई परीक्षा वैशाख ९ देखि, तालिका बिहीबार आउने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)ले आगामी वर्षको वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
स्थानीय तहको चुनावलाई ध्यानमा राखेर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनका अनुसार कोरोना भाइरस महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागिएको हो ।
‘कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने अवस्था आउन सक्छ’, उनले भने, ‘यसर्थ, परीक्षा वैशाख ९ बाट सञ्चालन हुन लागेको हो ।’
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया