एसइई परीक्षा वैशाख ९ देखि, तालिका बिहीबार आउने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)ले आगामी वर्षको वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
स्थानीय तहको चुनावलाई ध्यानमा राखेर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनका अनुसार कोरोना भाइरस महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागिएको हो ।
‘कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने अवस्था आउन सक्छ’, उनले भने, ‘यसर्थ, परीक्षा वैशाख ९ बाट सञ्चालन हुन लागेको हो ।’
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया