३० शाखा अधिकृतको उपसचिवमा बढुवा (नामावलीसहित)

काठमाडौं । तीस शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले सामान्य प्रशासन समूहका शाखा अधिकृत पदोन्नतिको सिफारिस गरेको हो ।
मन्त्रालयले कार्यक्षमताका आधारमा तीस अधिकृतको बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।
बढुवा सिफारिस गरिएका शाखा अधिकृतहरूमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, रमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी, निराजकुमार खत्री, खड्गबहादुर श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा र रमिला भण्डारी छन् ।
त्यसैगरी कृष्णप्रसाद हुमागाईं, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली, रामबहादुर केसी, राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशि राई, अमृतबहादुर राई र दशरथ राईलाई पनि बढुवा गर्न सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया