चेल्सीलाई फाइनलमा पुर्याउन लुकाकुको निर्णायक गोल

काठमाडौं । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले गरेको एकमात्र गोल निर्णायक हुँदा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
चेल्सीलाई जित दिलाउन लुकाकुले ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।
गएराति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको छ ।
उपाधिका लागि अब चेल्सीले ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २–० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ ।
क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया