चेल्सीलाई फाइनलमा पुर्याउन लुकाकुको निर्णायक गोल
काठमाडौं । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले गरेको एकमात्र गोल निर्णायक हुँदा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
चेल्सीलाई जित दिलाउन लुकाकुले ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।
गएराति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको छ ।
उपाधिका लागि अब चेल्सीले ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २–० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ ।
क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया