डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोपको दोस्रो मात्रा

डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।
उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया