साताको अन्तिम दिन पनि सुनको मूल्य बढ्यो
काठमाडौं । सोमबारयता लगातार उकालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रूपैयाँ बढेर ९४ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबारको लागि छापावाल सुन तोलामा ९३ हजार नाै सय रूपैयाँ कायम भएकाे थियो । यो साताको सोमबार एक सय रुपैयाँ, मंगलबार ५ सय रुपैयाँ, बुधबार तीन रुपैयाँ र बिहीबार ५ सय रूपैयाँले सुनको मूल्य बढेको थियो । पाँच दिनमा सुनको मूल्य १ हजार पाँच सय रूपैयाँले बढेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी बिहीबारकै मूल्य १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया