एमसिसीविरुद्ध युवा संघले देशभर प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले विवादित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध आगामी फागुन १ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकारले फागुन २ गते एमसिसी संसद्मा पेस गर्ने तयारी गरेसँगै त्यसको अघिल्लो दिन अर्थात फागुन १ गते आफ्नो संगठनले प्रदर्शन गर्न लागेको युवा संघ प्रचार विभाग प्रमुख सञ्जीप राईले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौंको माइतीघरसँगै सबै जिल्लाका सदरमुकाममा प्रदर्शन गर्ने तयारी छ ।
एमसिसी खारेजी आफूहरूको माग रहेको प्रचार विभाग प्रमुख राईले बताए ।
सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष मात्रधवकुमार नेपालले बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसिसीमा राष्ट्रघाती प्रावधान रहेकाले त्यसको संशोधनविना तस्ताको तस्तै पारित गर्नु नहुने अडान राखेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया