भारतमा विधानसभा निर्वाचनको असर : सिमाना चार दिनका लागि बन्द
बैतडी । नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका पनि आजदेखि फागुन २ गतेसम्म बन्द भएका दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिको आधारमा नाका बन्द गरिएका हुन् । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
गड्डाचौकी बन्द
भारतको उत्तराखण्ड राज्यको विधानसभाको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका गड्डाचौकी आजदेखि बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आजदेखि फागुन २ गतेसम्मका सीमा नाका बन्द गरिएको हो ।
निर्वाचनका लागि भारत सरकारको अनुरोधमा सीमा नाका बन्द गरिएको हो । भारतको उत्तराखण्ड राज्यमा विधानसभा निर्वाचनका लागि १४ फेब्रुअरीमा मतदान हुँदैछ । चुनाव अवधिभरी सीमा नाका पूर्ण रुपमा बन्द हुने जनाइएको छ । –रासस
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया