बाइडेन–पुटिनबीच टेलिफोन वार्ता हुँदै
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।
वास्तबमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ । शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
यसैबीच, ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयूका प्रमुखसहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गरेका छन् ।
‘हामी यस बिन्दुमा स्पष्ट हुन चाहन्छौं। युक्रेनमा रहेका कुनै पनि अमेरिकीले जतिसक्दो चाँडो र कुनै पनि अवस्थामा अर्को २४ देखि ४८ घण्टाभित्र युक्रेन छोड्नुपर्छ,’ सिएनएनका अनुसार सुलिवानले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया