मास्क लगाउँदा अपनाऔँ यी सावधानी
कोरोना भाइरस महामारीका कारण विगत दुई-तीन वर्षयता मास्क लगाउनु अनिवार्य आवश्यकताजस्तै बनिसकेको छ । यदि हामीले मास्कको उचित प्रयोग गर्न सक्यौं भने मात्रै त्यसले हामीलाई कोरोनाबाट बचाउन सक्छ । अब जानौं मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा :
–मास्क लगाउनुअघि साबुन पानी र सेनेटाइजरले राम्रोसँग हात धुनुपर्छ ।
–मुख र नाक मास्कले मज्जासँग ढाक्नुपर्छ । तपाईँको अनुहार र मास्कबीचमा अन्तर छैन भन्ने निश्चित गर्न जरुरी छ ।
–प्रयोग गर्नेक्रममा मास्कलाई जथाभावी छुनु हुँदैन ।
– यदि प्रयोग गरेको मास्क ओसिलो भयो भने नयाँ लगाउनुपर्छ । एकपटक प्रयोग गरिसकेको माक्स सकेसम्म पुनः प्रयोग गर्नुहुँदैन ।
![]()
–यदि प्रयोग गरेको मास्क ओसिलो भयो भने नयाँ लगाउनुपर्छ । एकपटक प्रयोग गरिसकेको मास्क पुनः प्रयोग गर्नुहुँदैन ।
–मास्क निकाल्नुअघि यसलाई पछाडिबाट हटाउनुपर्छ । मास्कको अगाडि नछोइ यसलाई उचित ठाउँमा फाल्नुपर्छ । र, पुनः साबुनपानीले हात धुनुपर्छ । (एजेन्सीको सहयोगमा)
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया