एकै दिन सुनको मूल्य १५०० रूपैयाँ बढ्यो

साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ बढेर ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ बढेर ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनकाे मूल्य तोलाम ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २० रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी ताेलामा १ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार चाँदी तोलामा १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया