भारी अंकले घट्यो नेप्से, ५ अर्ब ९७ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) का अनुसार आज नेप्से १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज २२७ कम्पनीका एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमुह रताम्मे भएको छ । अर्थात आज सबै उपसमूहको सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा बढी हाइड्रोपावरको सेयर मूल्य ५.४७ प्रतिशतले घटेको छ । त्यसपछि इन्भेष्टमेन्टको ५.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
विकास बैंकको ४.२३, फाइनान्सको ४.६५, नीर्जीवन बीमाको ४.२७, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधनको ४.६१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज बैंकिङ र ट्रेडिङको सेयरमूल्य क्रमश २.३९ र २.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै होटल एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा कम्पनीको सेयर मूल्य क्रमश ३.४९, ३.१७, ३.४९ र ३.९१ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया