सत्तारुढ दलको कदमको स्वागत गर्दै बारले भन्यो, ‘महाभियोग पारित गराउन सहयोग गरौं’
काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पु¥याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक पहल गर्न आवश्यकता भएको उल्लेख छ ।
बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महाभियोग प्रस्तावलाई पारित गराउन सकारात्मक पहल गर्न सम्पूर्ण राजनीतिक दल तथा माननीय सांसदज्यूलाई हार्दिक आह्वान पनि गर्दछौँ ।”
बारले न्यायालय शुद्धीकरण गर्न माग गर्दै १०७ दिनसम्मदेखि आन्दोलन गर्दै आएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध आजै संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया