इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा कम्तीमा ११ जनाको निधन
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् ।
दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले बताए ।
उनले भने, ‘अचानक ज्वारभाटा आएर तिनीहरूलाई समुद्रमा बगाएर लग्यो । यो जाभा टापुको दक्षिणी तटमा थियो र छालहरू निकै ठूला थिए ।’
प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भए पनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराए ।
दुर्घटनामा १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया