NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ८ गते
‘प्रणय दिवस’ विशेष

रुसी जासुस थिइन् आइन्स्टाइनकी प्रेमिका

अल्बर्ट आइन्स्टाइनले विज्ञानको क्षेत्रमा निकै नाम कमाए । उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्तले भौतिक विज्ञानका नयाँ–नयाँ रहष्यको उद्घाटन गर्‍यो । आइन्स्टाइनको दिमाग आम मानिसको भन्दा फरक थियो । त्यसैले त उनको निधनपछि सन् १९५५ मा उनको मस्तिष्क निकालेर न्युयोर्कको एउटा सेफमा सुरक्षित राखियो । वैज्ञानिकहरू अहिले पनि उनको अद्भूत मस्तिष्कको अनुसन्धान गरिरहेका छन् ।

आइन्स्टाइनको दिमाग त अन्य आम मानिसको भन्दा फरक थियो, तर उनको हृदय या मन भने सामान्य मानिससरह नै थियो । अर्थात् सुन्दर स्त्रीदेखि हरेक पुरुषमा जसरी आकर्षण र प्रेम भाव जाग्छ, आइन्स्टाइन पनि प्रेमका मामिलामा भावुक नै थिए । वैज्ञानिक आविष्कार गर्दा उनको दिमाग सक्रिय हुन्थ्यो, तर प्रेम गर्दाचाहिँ उनको भावुक हृदयले अतिरेक गथ्र्यो ।

प्रेम र युद्धमा सब कुरा जायज हुन्छ भनिन्छ । अचेल सामरिक र रणनीतिक प्रयोजनले शक्ति राष्ट्रहरू कला, संगीत, धर्म, अध्यात्मकको मात्र होइन, प्रेमको पनि उपयोग गरिरहेका छन्

परस्त्रीगमनमा माहिर

आइन्स्टाइनले आफ्नो जीवनमा दुइटी स्त्रीसँग विवाह गरे । तर उनका प्रेमिका भने दर्जनौं थिए । उनकी प्रथम पत्नी थिइन्, मिलेवा म्यारिक ।

आइन्स्टाइन र म्यारिक ज्युरिक शहरमा एउटै कलेजमा पढ्थे । पढाइकै क्रममा दुवैबीच प्रेम सम्बन्ध कायम भयो । विस्तारै उनीहरूको प्रेम गहिरो हुँदै गयो । उनीहरू एउटै घरमा बस्न थाले, लिभिङ टुगेदरका रूपमा ।

आखिर प्रेममै त्यो शक्ति छ, जसले राजनीतिक, सामरिक र रणनीतिक मिसनलाई पनि उपेक्षा गरेर प्रेमलाई अँगाल्छ 

एक दिन म्यारिक गर्भवती भइन् । सन् १९०२ मा यो जोडीकी छोरीका रूपमा लाइजरलको जन्म भयो । यद्यपि, एक वर्षको उमेरमै ज्वरोका कारण लाइजरलको मृत्यु भयो । पहिलो सन्तानको निधनबाट आइन्स्टाइन र म्यारिक निकै स्तब्ध भए ।

आइन्स्टाइन आफ्नो र म्यारिकबीचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्थे । उनले आफ्नो परिवारसँग पनि यसबारेमा कुरा चलाए । तर आइन्स्टाइनको घर परिवारले यो सम्बन्धलाई स्वीकार गरेन । यसको कारण के थियो भने म्यारिकको उमेर आइन्स्टाइनभन्दा चार वर्ष बढी थियो ।

अर्कोतिर, विवाह गरेर बेग्लै घरजम गर्न आइन्स्टाइनसँग आर्थिक अभाव पनि थियो, उनी परिवारमै आश्रित थिए । आर्थिक संकटका बाबजुद आइन्स्टाइन र म्यारिकले विवाह गरे । दुवै सँगै बस्न थाले । विवाहपछि यो जोडीका दुई सन्तान भए ।

आइन्स्टाइनले म्यारिकसँग विवाह त गरे, तर अन्य स्त्रीहरूसँग पनि उनको उत्तिकै सम्बन्ध थियो । परस्त्रीगमनमा उनी माहिर थिए । जब यो कुरा म्यारिकले थाहा पाइन्, त्यसपछि यो जोडीको दाम्पत्यमा खट्पट् सुरु हुन थाल्यो । केही वर्ष अघिसम्मका बेजोड प्रेमी–प्रेमिका अब भने झगडा गर्न थाले । प्रेमको बगैंचामा एकाएक घृणाको असिना वर्षिन थाल्यो । दुवैबीच तिक्तता कुन हदसम्म बढ्दै गयो भने अन्ततः आइन्स्टाइनले सम्बन्धविच्छेदको सोच बनाए ।

जब यो कुरा म्यारिकले थाहा पाइन्, त्यसपछि यो जोडीको दाम्पत्यमा खट्पट् सुरु हुन थाल्यो । केही वर्ष अघिसम्मका बेजोड प्रेमी–प्रेमिका अब भने झगडा गर्न थाले । प्रेमको बगैंचामा एकाएक घृणाको असिना वर्षिन थाल्यो 

आइन्स्टाइन परे एकखालको साइको साइन्टिस्ट । आम मानिसले सोच्दै नसोचेका कुरा सोचेर नयाँ–नयाँ आविष्कार गर्ने अदभूत मानव ।

भौतिकवादी भएकाले प्रेम र सेक्सलाई मानवीय भौतिक आवश्यकताबाहेक अरू नाठान्ने न परे । पूर्वीय दर्शनमा विश्वास गर्ने भएको भए ‘एक नारी ब्रह्मचारी’को मान्यता पछ्याउँथे होला, तर पश्चिमा भौतिकवादी दर्शनका पक्षपाती । ‘मल्टी अफेयर’ उनका लागि भौतिक घर्षण न थियो ।

प्रेमिका म्यारिकसँग सम्बन्धविच्छेद गरेर हरेक दिनको किचकिचबाट मुक्त हुने उनको प्रयास केही वर्ष सफल भएन । म्यारिकले सम्बन्धविच्छेद गर्न मानिनन् । सम्बन्धविच्छेद नहुने भएपछि आइन्स्टाइनले केही शर्तहरू अघि सारे ।

‘तिमीले अबदेखि के कुरामा ध्यान दिनुपर्छ भने मेरा कपडाहरू सफा होउन् र सही ढंगले मिलाएर राखिएको होस् । मलाई बिहान, दिउँसो र साँझको खाना मेरो कोठामा उपलब्ध होस् । मेरो बेडरुम र स्टडी रुम सफा होस् र विशेषगरी मेरो डेस्कलाई अरूले प्रयोग नगरुन् । साथै, तिमी अबदेखि मसँग व्यक्तिगत सम्बन्ध नराख, मैले भन्नासाथ मसँग कुरा गर्न पनि बन्द गर’, आइन्स्टाइनले शर्त राखे ।

पूर्वीय दर्शनमा विश्वास गर्ने भएको भए ‘एक नारी ब्रह्मचारी’को मान्यता पछ्याउँथे होला, तर पश्चिमा भौतिकवादी दर्शनका पक्षपाती । ‘मल्टी अफेयर’ उनका लागि भौतिक घर्षण न थियो 

केही समयसम्म आइन्स्टाइनका यी शर्त स्वीकारेर म्यारिक पनि उनीसँगै रहिन् । तर यसरी कहिलेसम्म चल्थ्यो र ? सम्बन्ध झन् झन् कटु हुँदै गयो ।

म्यारिकलाई पनि हर घडी भौतिक विज्ञानका गणितीय सूत्रमै भिडिरहने एउटा एकसुरे निरस वैज्ञानिकसँग जीवन बिताउनु बोझजस्तै भइसकेको थियो । अन्ततः सन् १९१२ मा आइन्स्टाइन र म्यारिकबीच सम्बन्धविच्छेद भयो ।

आइन्स्टाइन कुनै पनि अमेरिकी प्रोजेक्टमा प्रत्यक्ष सहभागी थिएनन् । अतः मार्गरिटाले आइन्स्टाइनसँग सम्बन्ध किन राखिरहेकी थिइन् भन्ने कुरा अझै अज्ञात नै छ

हुन त, म्यारिकसँग दश वर्ष सँगै रहँदा नै हो, आइन्स्टाइनले सफलता पाएको । म्यारिकको प्रेमको सिंचनले नै आइन्स्टाइनको व्यक्तित्त्व निर्माणमा पुट दिएको । यही दश वर्षमै उनले आफ्नो विश्व प्रख्यात ‘थ्यौरी अफ रिलेटिभिटी’ (सापेक्षतावादको सिद्धान्त) प्रतिपादन गरेर भौतिक विज्ञानमा तहल्का मच्चाएका थिए ।

यद्यपि, म्यारिकले घर गृहस्थी सम्हालेर जतिसुकै प्रेमपूर्ण स्याहार गरे पनि आइन्स्टाइन परे ‘प्ले ब्याई’ । घरवालीसँग मात्र होइन, ‘बहारवाली’ कजिन एल्सासँग पनि प्रेम र शारीरिक सम्बन्ध थियो । यही कारण उनको आकर्षण पत्नी म्यारिकबाट कम हुँदै गइरहेको थियो । जसै म्यारिकसँग सम्बन्धविच्छेद भयो, आइन्स्टाइनले एल्सासँग विवाह गरिहाले ।

म्यारिकलाई पनि हर घडी भौतिक विज्ञानका गणितीय सूत्रमै भिडिरहने एउटा एकसुरे निरस वैज्ञानिकसँग जीवन बिताउनु बोझजस्तै भइसकेको थियो । अन्ततः सन् १९१२ मा आइन्स्टाइन र म्यारिकबीच सम्बन्धविच्छेद भयो

आइन्स्टाइन र एल्साले सन् १९१९ जुन २ तारिखमा विवाह गरे । दोस्री पत्नी एल्सा पनि विवाहित थिइन् । आइन्स्टाइनसँग विवाह गर्नकै लागि एल्साले आफ्ना पति म्याक्स लोवेन्थाललाई त्यागेकी थिइन् ।

आइन्स्टाइन र एल्साको सम्बन्ध लामो समयसम्म कायम रहेन । हुन त, यो जोडीले प्रेमपूर्वक अविष्मरणीय पलहरू बिताएको थियो, तर यो खुसी र प्रेमको पल लामो समय रहन सकेन । एल्सा विस्तारै बिरामी हुन थालिन् ।

सन् १९३६ मा एल्साको निधन भयो । हुन त एल्सासँग विवाहपछि पनि आइन्स्टाइनका अन्य थुप्रै स्त्रीहरूसँग प्रेम प्रसंग चलिरहेकै थियो । तर एल्साको निधनपछि उनले तेस्रो विवाह गरेनन् । जीवन साथीबिना नै उनले आफ्ना बाँकी दिनहरू बिताए ।

म्यारिकसँग दश वर्ष सँगै रहँदा नै हो, आइन्स्टाइनले सफलता पाएको । म्यारिकको प्रेमको सिंचनले नै आइन्स्टाइनको व्यक्तित्त्व निर्माणमा पुट दिएको । यही दश वर्षमै उनले आफ्नो विश्व प्रख्यात ‘थ्यौरी अफ रिलेटिभिटी’ (सापेक्षतावादको सिद्धान्त) प्रतिपादन गरेर भौतिक विज्ञानमा तहल्का मच्चाएका थिए

रुसी जासुससँगको प्रेम

आइन्स्टाइनको जीवनमा आएका अन्तिम प्रेमिका मार्गरिटा कोनेनकोवा थिइन् । मार्गरेटा र आइन्स्टाइनबीचको प्रेम सम्बन्धको खुलासाचाहिँ सन् १९८४ मा भयो । लिलाम बढाबढ गर्ने संस्था सोथबएजले आइन्स्टाइनले सन् १९४५ र १९४६ बीचमा मार्गरिटालाई लेखेका ९ वटा पत्रहरूको लिलामी गर्‍यो ।

खासमा सन् १९६५ मा पिन्स्टन विश्वविद्यालयले एक महान् रुसी शिल्पकार सेर्गेइ कोकेनकोवलाई आइन्स्टाइनको मूर्ति बनाउन पठाएको थियो । मूर्तिको लागि प्रारम्भिक स्केच बनाउन आइन्स्टाइन जीवितै हुँदा शिल्पकार सेर्गेईको घरमा गइरहन्थे । त्यही नै पहिलो पटक आइन्स्टाइनले मार्गरिटालाई देखेका थिए । खासमा मार्गरिटा सेर्गेइकी पत्नी थिइन् ।

म्यारिकले घर गृहस्थी सम्हालेर जतिसुकै प्रेमपूर्ण स्याहार गरे पनि आइन्स्टाइन परे ‘प्ले ब्याई’ । घरवालीसँग मात्र होइन, ‘बहारवाली’ कजिन एल्सासँग पनि प्रेम र शारीरिक सम्बन्ध थियो

मूर्ति बनाउने बहानामा आइन्स्टाइन र मार्गरिटाबिच दिनहुँ भेटघाट हुन थाल्यो । विस्तारै उनीहरूबीच माया प्रिती झाँगिन थाल्यो, तर कसैले पत्तो पाएनन् । दुवैको उमेरमा ठूलो अन्तर थियो, तैपनि दुवै एक–अर्काको प्रेममा फसे ।

आइन्स्टाइन भावुकताबस मार्गरिटाको प्रेममा त फसेका थिए, तर प्यारीको असलीयतबारे उनी अनभिज्ञ थिए । खासमा मार्गरिटा एक रुसी गुप्तचर (जासुस) थिइन् । उनको काम थियो, अमेरिकी परमाणु बम मिसनका लागि आवश्यक सूचना संकलन गर्नु ।

प्रिन्सटन विश्वविद्यालयमा मार्गरिटा र सेर्गेइको उपस्थितिको उद्देश्य पनि त्यहाँका वैज्ञानिकहरूबाट आवश्यक जानकारी एकत्रित गर्नु नै थियो ।

आइन्स्टाइन कुनै पनि अमेरिकी प्रोजेक्टमा प्रत्यक्ष सहभागी थिएनन् । अतः मार्गरिटाले आइन्स्टाइनसँग सम्बन्ध किन राखिरहेकी थिइन् भन्ने कुरा अझै अज्ञात नै छ । यद्यपि, लिलाम बढाबढ भएका पत्रहरूबाट एउटा तथ्य उजागर भयो, एक पटक मार्गरिटाले आइन्स्टाइनलाई तत्कालीन सोभियत संघका राजदूतसँग भेट गराएकी थिइन् ।

उनको आकर्षण पत्नी म्यारिकबाट कम हुँदै गइरहेको थियो । जसै म्यारिकसँग सम्बन्धविच्छेद भयो, आइन्स्टाइनले एल्सासँग विवाह गरिहाले

आइन्स्टाइन तिनै वैज्ञानिक थिए, जसले परमाणुको नाभिकीय विखण्डनको सिद्धान्त प्रतिपादन गरे । अर्थात् परमाणुको नाभिकीय विखण्डनबाट अपार ऊर्जा निस्कन सक्ने उनको खोज । यही खोजका कारण दोस्रो विश्व युद्धमा अमेरिकाले हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेर लाखौंको नरसंहार गर्‍यो ।

विश्वको भू–राजनीतिक र भू–रणनीतिक युद्धमा शक्ति राष्ट्रहरूले कसरी प्रेम र विवाहलाई पनि सामरिक अस्त्रका रूपमा प्रयोग गर्छन् भन्ने आइन्स्टाइन र मार्गरिटाको सम्बन्धबाट स्पष्ट हुन्छ । परमाणु बमको सूत्रका बारेमा आइन्स्टाइनबाट नयाँ–नयाँ तथ्य पत्ता लगाउनकै लागि कतै सोभियत संघले मार्गरिटालाई उनको निकट पुर्‍याएको त थिएन ? भन्नेबारेमा विभिन्न अड्कलबाजी हिजोआज पनि हुने गरेको छ ।

एल्सासँग विवाहपछि पनि आइन्स्टाइनका अन्य थुप्रै परस्त्रीहरूसँग प्रेम प्रसंग चलिरहेकै थियो । तर एल्साको निधनपछि उनले तेस्रो विवाह गरेनन् । जीवन साथीबिना बाँकी दिनहरू बिताए

दोस्रो विश्वयुद्धमा जर्मनका नाजी शासक हिटलरविरुद्ध एउटै कित्तामा उभिएर लडेका अमेरिका र रुसबीच त्यसयता शीतयुद्ध प्रारम्भ भयो । यस क्रममा धेरै रुसी गुप्तचरहरूले अमेरिकन अधिकारीहरूसँग प्रेम सम्बन्ध गाँसे । कतिपय अमेरिकामै घरजम गरेर बसे ।

प्रेम र युद्धमा सब कुरा जायज हुन्छ भनिन्छ । अचेल सामरिक र रणनीतिक प्रयोजनले शक्ति राष्ट्रहरू कला, संगीत, धर्म, अध्यात्मकको मात्र होइन, प्रेमको पनि उपयोग गरिरहेका छन् । प्रेम र विवाहलाई सामरिक मिसन पनि बनाइरहेका छन् । आइन्स्टाइनजस्ता महान् वैज्ञानिकसँग प्रेम गर्ने मार्गरिटा पनि त्यही मिसनकी पात्र हुन् कि भन्ने शंका अझै हुने गर्छ ।

तर उनीहरूबीच आदानप्रदान भएका पत्रहरू पढ्दाचाहिँ उनीहरूको प्रेम परिशुद्ध देखिन्छ । हुनसक्छ, प्रारम्भमा त्यो सम्बन्ध कुनै मिसनअन्तर्गत थियो, तर आइन्स्टाइनसँग नजिक भएपछि मार्गरिटा पनि प्रेममा डुबिन् । आखिर प्रेममै त्यो शक्ति छ, जसले राजनीतिक, सामरिक र रणनीतिक मिसनलाई पनि उपेक्षा गरेर प्रेमलाई अँगाल्छ ।