NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

डे जोङले बार्सिलोनालाई हारबाट जोगाए

काठमाडौं । डच स्ट्राइकर लुक डे जोङले अन्तिम समयमा गोल गरेपछि क्याटलान महारथी बार्सिलोना हारबाट जोगिएको छ ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अर्को क्याटलान क्लब स्पानियोलसँग २–२ गालको बराबरी खेलेको हो ।

पेड्रीको गोलमार्फत बार्सिलोनाले सुरुवातमै अग्रता लिएको थियो उनले खेलको दोस्रो मिनेटमै भलीमार्फत गोल गरेका थिए । त्यसपछि सर्जी डार्डरले घरेलु टोली स्पानियोलका लागि ४० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ६४ औँ मिनेटमा राहुल डी थोमसले गोल गर्दै स्प्यानियोललाई २–१ ले अघि बढाएका थिए ।

इन्जुरी समयमा बार्सिलोनाका जेरार्ड पिके र स्पानियोलका निको मेलामेड रातो कोर्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भए ।
खेलमा वैकल्पिक खेलाडी डे जोङले अन्तिम समय हेड गर्दै अंक बार्सिलोनाको जित सुनिश्चित गरे ।

त्यसपछि मानु मोरालेसले रातो कार्ड पाएपछि स्पानियोल अन्तिम समयमा नौ खेलाडीमा सीमित भएको थियो ।

बराबरीसँगै एक अंक जोडेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई उछिन्दै चौथो स्थानमा पुगेको छ ।

बार्सिलोना ३९ अंकसहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । स्प्यानियोल भने २८ अंकसहित तालिकाको १३ औं स्थानमा छ ।