सर्वोच्चको आदेशसँगै प्राधिकरणमा अर्को तनाव

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाशबाट नहटाउन आदेश दिएसँगै प्राधिकरणमा अर्को तनाव सिर्जना भएको छ ।
अदालतले आइतबार क्षेत्रीको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै आज उनी उक्त पत्र बोकेर महानिर्देशकको रूपमा हाजिरी गर्न पुगे । तर, प्राधिकरणकै केही वकिलले सर्वोच्चको आदेशलाई थप व्याख्या गर्नुपर्नेबारे क्षेत्रीलाई बताए ।
नेपालवाचसँगको कुराकानीमा क्षेत्रीले उक्त आदेश अस्पष्ट भएको हुँदा आज हाजिर गर्न नपाएको बताए । यसका लागि वकिलहरूसँग थप कानूनी परामर्शमा जुटिरहेको उनको भनाइ छ । थप छलफलका लागि दुवै पक्षलाई अदालतले आगामी फागुन ९ गते बोेलाएको छ । त्यसपछि निर्णय आफ्नै पक्षमा हुनेमा क्षेत्री विश्वस्त छन् । ‘अदालतको निर्णय त सबैले मान्नै पर्छ,’ उनले भने, ‘सायद ९ गतेसम्म यो विषय छिटै छिनोफानो हुन्छ ।’
५८ वर्षे उमेहदका कारण सेवानिवृत्त भएका क्षेत्रीले पूरा कार्यकाल बिताउन पाउनपर्ने माग राख्दै सर्वोच्चमाा रिट हालेका थिए । सोही रिटमाथि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सोही आदेश लिएर क्षेत्री केही समयअघि कार्यालय प्रवेश गर्न खोज्दा पनि कर्मचारी युनियनले कार्यकक्षमै ताला लगाएको थियो । त्यसको केही दिनमै मन्त्रिपरिषद्ले प्रदीप अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको थियो ।
आइतबार अदालतले फेरी क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन आदेश जारी गरेपछि प्राधिकरणमा अर्को तनाव सुरु भएको हो ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया