सर्वोच्चको आदेशसँगै प्राधिकरणमा अर्को तनाव
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाशबाट नहटाउन आदेश दिएसँगै प्राधिकरणमा अर्को तनाव सिर्जना भएको छ ।
अदालतले आइतबार क्षेत्रीको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै आज उनी उक्त पत्र बोकेर महानिर्देशकको रूपमा हाजिरी गर्न पुगे । तर, प्राधिकरणकै केही वकिलले सर्वोच्चको आदेशलाई थप व्याख्या गर्नुपर्नेबारे क्षेत्रीलाई बताए ।
नेपालवाचसँगको कुराकानीमा क्षेत्रीले उक्त आदेश अस्पष्ट भएको हुँदा आज हाजिर गर्न नपाएको बताए । यसका लागि वकिलहरूसँग थप कानूनी परामर्शमा जुटिरहेको उनको भनाइ छ । थप छलफलका लागि दुवै पक्षलाई अदालतले आगामी फागुन ९ गते बोेलाएको छ । त्यसपछि निर्णय आफ्नै पक्षमा हुनेमा क्षेत्री विश्वस्त छन् । ‘अदालतको निर्णय त सबैले मान्नै पर्छ,’ उनले भने, ‘सायद ९ गतेसम्म यो विषय छिटै छिनोफानो हुन्छ ।’
५८ वर्षे उमेहदका कारण सेवानिवृत्त भएका क्षेत्रीले पूरा कार्यकाल बिताउन पाउनपर्ने माग राख्दै सर्वोच्चमाा रिट हालेका थिए । सोही रिटमाथि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सोही आदेश लिएर क्षेत्री केही समयअघि कार्यालय प्रवेश गर्न खोज्दा पनि कर्मचारी युनियनले कार्यकक्षमै ताला लगाएको थियो । त्यसको केही दिनमै मन्त्रिपरिषद्ले प्रदीप अधिकारीलाई महानिर्देशक पदमा नियुक्त गरेको थियो ।
आइतबार अदालतले फेरी क्षेत्रीलाई महानिर्देशकबाट नहटाउन आदेश जारी गरेपछि प्राधिकरणमा अर्को तनाव सुरु भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया