देउवाका ज्योतिषिको दाबी : कालसर्प योगमा महाभियोग दर्ता, उल्टै सत्ता गठबन्धनलाई घाटा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्यातिषि सुरेशचन्द्र रिजालले कालसर्प योग परेको समयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग दर्ता गराएकाले त्यसले सत्ता गठबन्धनलाई नै घाटा हुने बताएका छन् ।
कालसर्प योग शक्तिशाली भएकाले त्यसले प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनले ठोकुवा गरेका छन् ।
सत्ता पक्षलाई आफूले ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराइसकेको तर उनीहरूले त्यसलाई बेवास्ता गर्दै संसद्मा महाभियोग दर्ता गराएको रिजालको भनाइ छ ।
‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण भएको छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गो भनेर माघ १८ गते नै जानकारी गराइसकेको थिए’, उनले फेसबुकमा लेखेका छन्, ‘महाअभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्नसक्ने योग निर्माण भएको छ । राणालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ ।’
यसअघि प्रधानमन्त्री देउवाले हरेक कदम चाल्दा ज्योतिषि रिजालसँग साइत हेराउने गरेको बताइएको छ । गत हप्ता स्थानीय निर्वाचनको मिति घोषणा गर्दा पनि देउवाले रिजाललाई ज्योतिष हेराएर साइत जुराएको बताइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया