चोलेन्द्रको पक्षमा निस्कियो जुलुस
काठमाडौं । सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्तावको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानन्यायाशीश राणामाथि महाभियोग नलगाउन भन्दै उनका समर्थकले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकालेका छन् ।
स्वतन्त्र कानून व्यवसायीहरूको आयोजनामा दिउँसो २ बजेतिर जुलुस निस्किएको हो । जुलुसमा ५० जनाभन्दा बढी स्वत्रन्त्र कानून व्यवसायीहरूको सहभागी रहेको थियो । विरोध प्रदर्शनमा सहभागी कानून व्यवसायीहरूले स्वतन्त्र न्यायपालिका कायम गर, न्यायलयमाथि राजनीतिक हस्तक्षेप बन्द गर, महाभियोग प्रस्ताव फिर्ता गर जस्ता नारा लगाएका थिए ।
गठबन्धनका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया