NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालले लियो तीन विकेट, यस्तो छ नेपालको प्लेइङ ११

काठमाडौं । नेपालले चार देश सम्मिलित टि–२० क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेल टेस्ट टोली आयरल्यान्डविरुद्ध खेलिरहेको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङ गरिहेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिर्तन गरेका छन् ।

यसैबीच, नेपालले तीन विकेट लिएको छ । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले समान एक विकेट लिएका हुन् ।

सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले हार्न पुगेको थियो ।

यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।

यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।

यस्तो छ नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, अविनाश बोहरा, जितेन्द्र मुखिया, शरद भेषावकर र कमलसिंह ऐरी ।