सामान्य अंकले बढ्याे नेप्से, कारोबार रकममा गिरावट
काठमाडाैं । साताको दोस्रो दिन आज सेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सेञ्ज(नेप्से) का अनुसार आज नेप्से ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज नेप्से सूचक हरियो देखिएपनि कारोबार रकम भने यो घटेको छ । आज ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १ सय ११ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ६९ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो दिन १ सय ९१ कम्पनीका साथमा थप थप ३६ ऋणपत्र तथा फण्डहरुको गरि २२७ स्क्रिप्टको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर बिक्रि भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया