आयरल्यान्डले दियो नेपाललाई १२८ रनको लक्ष्य
काठमाडौं । नेपालले चार देश सम्मिलित टि–२० क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेल टेस्ट टोली आयरल्यान्डविरुद्ध खेलिरहेको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङ गरिहेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिर्तन गरेका छन् ।
यसैबीच, पहिलो इनिङ्स सकिएको छ । आयरल्यान्डले नेपाललाई १२८ रनको मध्यम लक्ष्य पेश गरेको छ ।
आयरल्यान्डले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १२७ रन बनाएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, अविनाश बोहराले दुई तथा कमलसिंह ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीपले समान एक विकेट लिए ।
सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले हार्न पुगेको थियो ।
यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।
यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।
केही बेरपछि नेपाल र आयरल्यान्डबीचको दोस्रो इनिङ्स सुरु हुनेछ ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, लोकेश बम, अविनाश बोहरा, जितेन्द्र मुखिया, शरद भेषावकर र कमलसिंह ऐरी ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया