NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

रेखाले गरिन् दोस्रो विहे

काठमाडाैं । नेपाली सिने जगतकी ‘चर्चित’ अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।

उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।

याे उनको दोस्रो विवाह हो । यसअघि उनले चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मन, काली, जाउ हिड पाेखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।