झर्याे नेपालको टी-२० वरियता

काठमाडौं । नेपाल टी-२० वरियतामा झरेको छ । आइसिसीको वरियतामा नेपालको एक स्थान तल झरेको हो ।
यस अघि नेपालको वरियता १२ औं थियो । तर एक स्थान झर्दा नेपाल १३ औं स्थानमा पुगेको छ ।
ओमानमा टी-२० सिरिजमा तीन मध्ये दुई खेलमा पराजित भएपछि नेपालको वरियता खस्किएको हो ।
नेपालले ओमानलाई जित्दा युएई र आयरल्याण्डसँग पराजय बेहोरेको थियो ।
शीर्ष वरियतामा इङल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
ओमानमा भएको सिरिज जितेको युएई १२ औं स्थानमा छ ।
प्रतिक्रिया