एकै दिन सुनको मूल्य १२०० रूपैयाँले उकालो
सोमबार स्थिर रहेको सुनको मूल्य आज उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार सोमबार तोलामा ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९६ हजार सात सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै सोमबार प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबारको लागि ९६ हजार दुई सय रूपैयाँ कायम गरिएको छ ।
सोमबार स्थिर चाँदीको मूल्य आज २० रूपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया