NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

‘नेपाल लाइफ आई इन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

काठमाडाैं । हरेक व्यक्तिले आफ्नो परिवारको उज्जवल भविश्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ थाहा हुदैन ।

हरेक व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता गर्न ‘नेपाल लाइफ आइ इन्स्योर’ जीवन बीमा योजना ल्याएको छ ।

थोरै लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता रहेको कम्पनीले जनाइएको छ ।

विशेषताहरुः

यो बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । यो योजनामा १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्ति सामेल हुन सक्नेछन् । यो योजनाको बीमा अवधि न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्षसम्म रहेको छ ।

यो योजनामा बीमा समाप्तिको अधिकतम उमेर ६५ वर्ष कायम गरिएको छ । यस योजनामा सामेल बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क बुजाउन सक्ने छन् । न्यूनतम बीमांक रकम एक लाख र अधिकतम बीमांक रकम एक करोड रूपैयाँसम्मको बीमा गर्न सकिन्छ ।

यस योजनामा समावेश सुविधाहरु

यो योजनामा बीमा शुल्क तिर्ने तरिकाअनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जसअन्तर्गत वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा १५ प्रतिशत छुटको व्यवस्था छ । त्रैमासिक शुल्क भुक्तानी तरिका छनोट गर्दा ३ प्रतिशत र मासिक शुल्क भुक्तानी तरिका छनोट गर्दा ६ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भएपश्चात सर्मपण मूल्य प्राप्त गर्न सकिनेछ ।

दुर्घटना मृत्यु लाभ सुविधा

१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ ।

बीमांक रकम भुक्तानी पाउने अवस्था

पूर्ण अवधि भुक्तानी

बीमालेख चालु रही बीमा अवधि भुक्तानीपश्चात पूर्ण अवधिसम्म बीमित जीवित रहेमा बीमीतले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दावी भुक्तानी

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना को कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ । बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतको बीमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ ।