NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अश्लील बोल्ने प्रेम आलेलाई एकीकृत समाजवादीको संरक्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अश्लील बोलेर विवादमा आएका पर्यटन मन्त्री प्रेम आलेलाई कारबाही नगर्ने भएको छ ।

अश्लील बोलेकै आधारमा आलेमाथि कारबाही नहुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘बोलीमात्रै सुनेर हुँदैन । कुन र कस्तो अवस्थामा यस्तो बोलेको हो, अध्ययन हुन आवश्यक छ ।’ उनले नेताहरूको ध्यान देशको पछिल्लो घटनाक्रममा केन्द्रीत भएकाले पनि आलेतर्फ ध्यान केन्द्रीत गर्न नसकेको बताए ।

पर्यटनमन्त्री आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक

एक नागरिकसँगै मन्त्री आलेले अश्लील शब्दमा कुराकानी गरेको भिडियो सार्वजनिक भएको छ । त्यस लगत्तै मन्त्री आलेको सचिवालयले यस घटनालाई षड्यन्त्र भनेको छ ।

पार्टी प्रवक्ता खतिवडाले पनि त्यही बोलीको आधारमा मात्रै मन्त्री आले मन्त्रीको ओहदाबाट पछि हट्नुपर्ने बाध्यता नभएको बताए ।

‘यसबारे हामी संवेदनशिल छौँ । तर अहिले नै निर्णय गर्ने बेला भएको छैन ।, खतिवडाले भने, मन्त्री आलेलाई त्यसरी बोल्न किन बाध्य पारियो भन्नेतर्फ पनि ख्याल गर्नुपर्छ । हत्तारिएर कारबाही गर्ने पक्षमा पार्टी छैन ।’

प्रेम आले भन्छन्– सताएपछि गाली गरेको हुँ, अब प्रहरीमा पनि उजुरी दिन्छु