अश्लील बोल्ने प्रेम आलेलाई एकीकृत समाजवादीको संरक्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अश्लील बोलेर विवादमा आएका पर्यटन मन्त्री प्रेम आलेलाई कारबाही नगर्ने भएको छ ।
अश्लील बोलेकै आधारमा आलेमाथि कारबाही नहुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘बोलीमात्रै सुनेर हुँदैन । कुन र कस्तो अवस्थामा यस्तो बोलेको हो, अध्ययन हुन आवश्यक छ ।’ उनले नेताहरूको ध्यान देशको पछिल्लो घटनाक्रममा केन्द्रीत भएकाले पनि आलेतर्फ ध्यान केन्द्रीत गर्न नसकेको बताए ।
एक नागरिकसँगै मन्त्री आलेले अश्लील शब्दमा कुराकानी गरेको भिडियो सार्वजनिक भएको छ । त्यस लगत्तै मन्त्री आलेको सचिवालयले यस घटनालाई षड्यन्त्र भनेको छ ।
पार्टी प्रवक्ता खतिवडाले पनि त्यही बोलीको आधारमा मात्रै मन्त्री आले मन्त्रीको ओहदाबाट पछि हट्नुपर्ने बाध्यता नभएको बताए ।
‘यसबारे हामी संवेदनशिल छौँ । तर अहिले नै निर्णय गर्ने बेला भएको छैन ।, खतिवडाले भने, मन्त्री आलेलाई त्यसरी बोल्न किन बाध्य पारियो भन्नेतर्फ पनि ख्याल गर्नुपर्छ । हत्तारिएर कारबाही गर्ने पक्षमा पार्टी छैन ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया