बारामा दुई सय दलित समुदायको पक्की आवास निर्माण हुने, मन्त्री झाँक्री र सांसद यादवले गरे अनुगमन
बारा । बारामा रहेको दलित बस्तीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्री सहितको टोलिले अनुगमन गरेको छ ।
जिल्लामा रहेकोे दलित बस्तीमा प्रतिनीधि सभा सदस्य रामबाबु कुमार यादवले अनुगमन गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका यादवले आफ्नो क्षेत्रका दलित बस्तीमा बसोबास गर्ने दलित समुदायको आवास निर्माण गर्ने लक्ष्यअनुरुप मन्त्री झाँक्रीलाई अनुगमनको क्रममा दलित समुदायको दयनीय अवस्थाबारे जानकारी गराएका हुन् ।
मन्त्री को अनुगमन पश्चात् आफ्नो लामो समयदेखिको अथक प्रयासका कारण अब त्यस क्षेत्रका दुसाद, धाँगड, मेस्तर, डोम समुदायले पक्की घर निर्माण हुने सांसद यादवले आश्वासन व्यक्त गरेका छन् ।
उनले न्युन आर्थिक अवस्थाबाट गुज्रिएका र कच्ची घरमा बस्दा घाम पानीसहित अन्य जोखिमहरुका बिच बाँचीरहेका दलित समुदायले अब आरामसँग पक्की घरमा बस्न पाउने बताए ।
एकीकृत बस्ती निर्माण गर्ने योजनाअनुरुप सो क्षेत्रका करिब दुई सय जना अल्प संख्यक समुदायको घर निर्माण हुने सांसद यादवले जानकारी दिएका छन् ।
मन्त्री झाँक्रीले बारा र पर्सा जिल्लाका विभिन्न स्थानको अवलोकन गरेकी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया