NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

इमर्जिङ नेपालको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । इमर्जिङ नेपालको आइपीओ आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३:३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।

यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३।८७ गुणा बढी आवेदन हो । यसर्थ, सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीले माघ २६ गतेबाट फागुन १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यो मध्ये २५ अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५५ अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।