NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ग्लोबल आइएमई बैंकको एकैपटक नाै शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाै नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एवं उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यी नाै नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको बैंकले जनाएको छ । बैंकले भोजपुरको भोजपुर नगरपालिका वडा नं. ३, दावाँ, रामेछापको दोरम्बा शैलुङ गाँउपालिका वडा नं. १, देउराली बजार तथा वडा नं. ६, रिष्ठे बजार, धनुषाको मिथिला नगरपालिका वडा नं. ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं. ४, बटेश्वरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खार्मी, नुवाकोटको लिखु गाँउपालिका वडा नं. ४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४, भवानीपुर र उदयपुरको कटारी नगरपालिका वडा नं. ६, बाँकेटारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको हो ।

बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतोलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

त्यस्तै बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गर्ने गरेको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष