१९ अंकले घट्यो नेप्से, ३ अर्ब २ करोडको कारोबार
काठमाडाैं । साताको चाैथाे कारोबार दिन बुधबार नेप्से घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा पुगेको हो ।
आज सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले बढेर भएर ५१८.६६ बिन्दुमा पुगेको छ। आज २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २ करोड तीन लाख ३० हजार ७८४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूमध्ये अन्य र जीवन बीमा कम्पनीबाहेक सबैको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी हाइड्रोपावरको सेयरमूल्य घटेको छ ।
हाइड्रोपावरको सेयरमूल्य २.१८ प्रतिशतले घटेको हो । मंगलबार सबैभन्दा बढी सेयरमूल्य हाइड्राेपावरको नै थियो । मंगलबार हाइड्रोपावरको सेयरमूल्य ४.३२ प्रतिशतले बढेको थियो ।
हाइड्राेपावरपछि विकास बैंककाे १.८४, फाइनान्सको १.८१, इन्भेष्टमेन्टको १.६८, ट्रेडिङको १.४७, होटल एण्ड टुरिजम १.०८ र म्यानुफ्याक्चरिङ एण्ड प्रशाेधनको १.३६ प्रतिशतले सेयरमूल्य घटेको छ ।
त्यस्तै बैंकिङको ०.३, नीर्जीवन बिमाको ०.८५, माइक्रोफाइन्सको ०.७७ र म्युचल फण्डको ०.४५ प्रतिशतले सेयरमूल्य घटेको छ । आज सेयरमूल्य बढेको अन्य र जीवन बीमा कम्पनीको सेयरमूल्य क्रमश : ०.४४ र ०.१४ प्रतिशतले सेयरमूल्य बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया