NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

१९ अंकले घट्यो नेप्से, ३ अर्ब २ करोडको कारोबार

काठमाडाैं । साताको चाैथाे कारोबार दिन बुधबार नेप्से घटेको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार आज नेप्से १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा पुगेको हो ।

आज सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले बढेर भएर ५१८.६६ बिन्दुमा पुगेको छ। आज २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २ करोड तीन लाख ३० हजार ७८४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूमध्ये अन्य र जीवन बीमा कम्पनीबाहेक सबैको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी हाइड्रोपावरको सेयरमूल्य घटेको छ ।

हाइड्रोपावरको सेयरमूल्य २.१८ प्रतिशतले घटेको हो । मंगलबार सबैभन्दा बढी सेयरमूल्य हाइड्राेपावरको नै थियो । मंगलबार हाइड्रोपावरको सेयरमूल्य ४.३२ प्रतिशतले बढेको थियो ।

हाइड्राेपावरपछि विकास बैंककाे १.८४, फाइनान्सको १.८१, इन्भेष्टमेन्टको १.६८, ट्रेडिङको  १.४७,  होटल एण्ड टुरिजम १.०८ र म्यानुफ्याक्चरिङ एण्ड प्रशाेधनको १.३६ प्रतिशतले सेयरमूल्य घटेको छ ।

त्यस्तै बैंकिङको ०.३, नीर्जीवन बिमाको ०.८५, माइक्रोफाइन्सको ०.७७ र म्युचल फण्डको ०.४५ प्रतिशतले सेयरमूल्य घटेको छ । आज सेयरमूल्य बढेको अन्य र जीवन बीमा कम्पनीको सेयरमूल्य क्रमश : ०.४४  र ०.१४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष