NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

इमर्जिङ नेपालको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्ने नतिजा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशियाले लक्की ड्रमार्फत आइपीओ बाँडफाँट गरेको हो ।

आइपीओको लागि आवेदन दिनेमध्ये ५१ हजार ६७० जनाले गोलाप्रथाबाट १०/१० कित्ता सेयर प्राप्त गरेका छन् । आज भएको गोला प्रथामा लक्की नम्बर ८ चयन भएको छ ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन एक गतेसम्म सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गर्दा २३ लाख ३१ हजार २५८ जनाको आवेदन परेको थियो । उक्त आवेदकमध्ये १ हजार ५५२ जनाको आवेदन रद्द भएको छ ।

आज भएको बाँडफाँडका लागि जम्मा २३ लाख २८ हजार ७०६ जना मात्रै योग्य भएका छन् । योग्य आवेदकबाट २ करोड ६४ लाख कित्ताको आवेदन परेको छ । यो माग भन्दा ५१.१५ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले माघ २६ गते देखि फागुन १ गतेसम्म सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र सर्वसाधारणमा निष्काशन गरिएको ५ प्रतिशत् अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड भएको हो ।

आइपीओको नतिजा मेरो सेयर, सीडीएससीको आइपीओ नतिजा हेर्ने पोर्टल, बिक्री प्रबन्धकको वेबसाइट र कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष