यो हो विश्वकप छनोट खेल्ने नेपाली टोली : को–को छन् नेपालका प्रतिस्पर्धी ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको टोली १४ खेलाडी छन् ।
प्रमुख प्रशिक्षक पुबुदु दसानायके र छनोट समितिसँगको परामर्शमा खेलाडी छनोट गरिएको क्यानले जनाएको छ ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह २ मा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।
नेपालका खेल फ्रेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन् ।
युवा बलर सन्दीप प्रतियोगिताका लागि पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गर्दैछन् । यसअघि उनले आयरल्याण्ड, युइई र ओमानसँगको सिरिजमा कप्तानी गरेका थिए ।
ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै क्यानले सन्दीपलाई कप्तानी दिएको हो ।
यस्तो छ नेपाली टोली :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया