पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, अब १५ दिनसम्म मूल्य नबढाउने
काठमाडाैं । भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरी मूल्य बढेकाे जानकारी गराएको हाे ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको जनाएको छ । आईओसीले बुधबार प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसाले मूल्य बढाएर पठाएको विज्ञप्तिमा उल्लेख गरेको छ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर अएपनि निगमले भने १५ दिनसम्म तेलको भाउ नबढाउने भएको छ । अहिले बढेकाे मूल्य अनुसार अब निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको जनाएको छ।
गत माघ १८ मा समायोजन गरेयता निगमले पेट्रोलियमको भाउ बढाएको छैन। पछिल्लो समायोजनयता लिटरको पेट्रोल १४२ रुपैयाँ, डिजेलरमट्टितेल १२५ रुपैयाँ, हवाई इन्धन ११६ रुपैयाँ र एलपी ग्यास सिलिन्डरको एक हजार ५७५ रुपैयाँ छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया