देउवा र प्रचण्डबीचको भेटपछि सर्याे गठबन्धनको निर्णायक बैठक
काठमाडौं । एमसिसीको विषयमा सत्ता गठबन्धनको निर्णायक बैठक सारिएको छ । आज दिउसो ३ बजेलाई बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तापछि गठबन्धन बैठक बेलुका बस्ने गरी सारिएको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसिसी पास गरेर जान नहुने बताएको बुझिएको छ ।
पछिल्लो समय सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले एमसिसीबारे समान धारणा बनाउन सकेका छैनन् । यसैले गठबनधनमा नै विभाजन आउन सक्ने आशंकाबीच आज निर्णायक बैठक हुने भनिएको थियो । तर निर्णायक भनिएको बैठक दुई घण्टा ढिलो बस्ने गरी बालुवाटारमा बोलाइएको छ ।
आजै दिउसो २ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ । एमसिसीको विषयमा सत्ता गठबन्धन दलको पोजिसनपछि प्रतिपक्षी एमालेले पनि आफ्नो मत अघि सार्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया