देउवा र प्रचण्डबीचको भेटपछि सर्याे गठबन्धनको निर्णायक बैठक

काठमाडौं । एमसिसीको विषयमा सत्ता गठबन्धनको निर्णायक बैठक सारिएको छ । आज दिउसो ३ बजेलाई बोलाइएको बैठक साँझ ५ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तापछि गठबन्धन बैठक बेलुका बस्ने गरी सारिएको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसिसी पास गरेर जान नहुने बताएको बुझिएको छ ।
पछिल्लो समय सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले एमसिसीबारे समान धारणा बनाउन सकेका छैनन् । यसैले गठबनधनमा नै विभाजन आउन सक्ने आशंकाबीच आज निर्णायक बैठक हुने भनिएको थियो । तर निर्णायक भनिएको बैठक दुई घण्टा ढिलो बस्ने गरी बालुवाटारमा बोलाइएको छ ।
आजै दिउसो २ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ । एमसिसीको विषयमा सत्ता गठबन्धन दलको पोजिसनपछि प्रतिपक्षी एमालेले पनि आफ्नो मत अघि सार्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया