सत्ता गठबन्धनमा तनावबीच बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं । एमसिसीले सत्ता गठबन्धनमै तनावको स्थिति पैदा भइरहेका बेला आज दिउसो मन्त्रिपरिषद्को बैठक बैठक बस्दैछ ।
एमसिसी पास गरेर जाने विषयमा सत्तारुढ दल कांग्रेस सकारात्मक छ । तर सत्ता सहयात्री दलहरू माओवादी र नेकपा एस सकारात्मक छैनन् । यसैले आज नै तीन बजेलाई बोलाइएको सत्ता गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलपछि गठबन्धन बैठक दुई घण्टा ढिलो बस्ने गरी सारिएको हो ।
तर त्यसअघि नै २ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । सत्ताको नेतृत्व गरिरहेको कांग्रेस एमसिसी जसरी पनि पास गरेरै जानुपर्ने मतमा रहेको छ । यसका लागि गठबन्धन तोडिए पनि बहुमत पुर्याउने प्रयासमा देउवा लाग्न सक्ने देखिएको छ । यसैले मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ ।
कांग्रेसले माओवादी र नेकपा एसको विकल्पमा एमालेसँग सत्ता साझेदारी गरेर अघि बढ्ने पनि बताइन्छ । तर एमालेले कुनै औपचारिक निर्णय र अडान अगाडि सारिसकेको छैन ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया