एकीकृत समाजवादीनिकट युवा संघले शुक्रबार एमसिसीविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले विवादित अमेरिकी परियोजना एमसिसीविरुद्ध प्रदर्शन गर्ने भएको छ । संघले शुक्रबार प्रदर्शन गर्ने भएको हो ।
सरकारले पटक–पटक एमसिसी संसद्मा पेस गर्ने तयारी गरेको हुँदा युवा संघले आन्दोलनको घोषणा गरेको संघका सचिव नरेश गिरीले बताए ।
एमसिसी राष्ट्रहीतविपरित रहेकाले आफूहरू देशव्यापी आन्दोलनमा उत्रनुपरेको संघका उपमहासचिव तथा प्रवक्ता सञ्जीप राईकाे भनाइ छ ।
‘एमसिसी दान नभइ ऋण रहो । एमसिसी नेपालको कानुन र संविधानभन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा हामी चुप लागेर बस्दैनौं’, नेपालवाचसँग उनले भने ।
शुक्रबार एमसिसी संसद्मा टेबुल गर्ने सम्भावना देखिएकाले आफूहरूले त्यसविरुद्ध प्रदर्शन गर्ने तयारी गरेको युवा संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले बताए ।
‘भोलि ६ गते सांसद्मा एमसिसी टेबुल गर्ने षड्यन्त्र देखिएको हुँदा देशभक्त प्रगतिशील युवाहरूले आन्दोलन गर्नेछौं’, उनले भने ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया